अब नेपालीहरु सहजै हङकङ जान पाउने

अब नेपालीहरु सहजै हङकङ जान पाउने File Photo

काठमाडौं। अब नेपाली प्रतिभा (ट्यालेन्ट)हरु हङकङ जान पाउने भएका छन्। हङकङले नेपाली प्रतिभाहरुको लागि रोजगारी, तालिम र विद्यार्थी भिसा खोल्ने निर्णय गरेको छ।

हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभाहरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्।

हङकङले सन् २००५ देखि नेपाली प्रवेशमा रोक लगाएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा लिइने हङकङमा अब विशेष क्षमता भएको नेपालीहरुले रोजगारी गर्न, काम सिक्न तथा पढ्न पाउने छन्।

यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदारलगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन्।



No ads found for this position