आइपिएलमा आज दुई खेल हुँदै

आइपिएलमा आज दुई खेल हुँदै

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन्।

आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ। धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः४५ बजेदेखि शुरु हुदै छ।

जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। ८ अंकसहित पञ्जाव छैटौं स्थानमा रहेको छ। त्यसैगरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ। १० अंकसहित चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ।

त्यसैगरी दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्सबीच हुदै छ। लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुने छ।

जारी आइपिएलमा लखनउले १० खेलमा ६ जित र ४ हार बेहोरेको छ। १२ अंकसहित लखनउ अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। त्यस्तै कोलकोताले १० खेलमा ७ जित र ३ हार बेहोरेको छ। १४ अंकसहित कोलकोता दोस्रो स्थानमा रहेको छ।