एनआरएनएका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

एनआरएनएका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

काठमाडौं। गैरआवसीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन्।

उनीहरुलाई आज (शनिबार) सोल्टी होटलमा प्रमुख निर्वाचन आयुक्त यादवप्रसाद ढुङ्गानाले शपथ गराएका हुन्।

बिहीबार सम्पन्न एनआरएनएको अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका थिए। उनीसँगै निर्वाचित सबैले शपथ ग्रहण गरेका छन्।

No description available.

एनआरएनएको उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा. हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी ‘राज’, रामशरण सिमखडा र रोविन शेरचन विजयी भएका थिए।

शपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बद्री केसीले अघिल्लो कार्याकालमा सुरुवात गरेका कामहरु पूरा गर्ने बताए।

No description available.

त्यस्तै केसीले आफूलाई जिताउन मतदान गर्ने सबैहरुलाई धन्यवाद दिए।

त्यस्तै नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले आजै पदभार ग्रहण गरेका छन्। बालुवाटारस्थित केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।