एनआरएनए : अध्यक्षमा बद्री केसी निर्वाचित, आरके शर्मा र महेश श्रेष्ठद्धारा नतिजा अस्वीकार

एनआरएनए : अध्यक्षमा बद्री केसी निर्वाचित, आरके शर्मा र महेश श्रेष्ठद्धारा नतिजा अस्वीकार

काठमाडौं। गैरआवसीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसी निर्वाचित भएका छन्।

काठमाडौँको सोल्टी होटलमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका हुन्।

केसीले १ हजार ३ सय ७८ मत ल्याउँदा उनका प्रतिद्वन्द्धी आरके शर्माले १ हजार २ सय ८१ र महेश श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरे।

शर्मा र श्रेष्ठद्धारा नतिजा अस्वीकार

यता, पराजित भएका शर्मा र श्रेष्ठले भने चुनावी नतिजा अस्वीकार गरेका छन्।

केसी पक्षले चुनावमा ‘सेटिङ’ गरेको उनीहरूको आरोप छ।

चुनाव गराएको अष्ट्रेलियन कम्पनी ‘भेरो भोटिङ’ कम्पनीसँग ‘सेटिङ’ मिलाएको आरोप उनीहरूले लगाएका छन्।

उपाध्यक्षका प्रत्यासी डा. केशव पौडेलको नेपालबाट खसेको मत शुन्य देखिएपछि विवाद सुरु भएको हो।

यता निर्वाचन समितिले भने पौडेलको मत परिणामका विषयमा ‘भेरो भोटिङ’सँग जानकारी माग गरिएको जनाएको छ।