एनआरएनए सचिवमा अमेरिकाबाट पोख्रेलको दाबी

एनआरएनए सचिवमा अमेरिकाबाट पोख्रेलको दाबी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी. पोख्रेलले उम्मेदवारी दिने भएका छन्।

आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशन आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको पोख्रेलले प्रवास खबरलाई बताए।

उनी अहिले संघको अमेरिकाज क्षेत्रीय संयोजक हुन्।

पोख्रेल सन् २००८ देखि एनआरएनए अभियानमा निरन्तर सक्रिय छन्।

सन् २०१५–१७ कार्यकालमा उनी एनसीसी अमेरिकाको उपाध्यक्ष भएर काम गरेका थिए। सन् २०१७–१९ कार्यकालमा उनी अध्यक्षको प्रत्यासी थिए। चुनावी नतिजा आफ्नो पोल्टामा नपरेपनि संघमा उनको भूमिका भने अझ बढ्यो।

सन् २०१९–२१ कार्यकालमा उनी अमेरिका क्षेत्रीय उपसंयोजक भएर काम गरे।

संघलाई नजिकबाट बुझेका पोख्रेल इमान्दार र अनुभवी अभियान्ताका रुपमा परिचित छन्।

‘हालसम्म प्राप्त अनुभव, दक्षता तथा योग्यतालाई एनआरएनए अभियानमा अझ सशक्तढंगले प्रयोग गर्ने इच्छा छ। संघलाई थप पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउन मेरो सचिवमा उम्मेदवारी रहनेछ,’ उनले भने।

नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरेको अनुभव पनि उनीसँग छ।

पाेख्रेल नेपाल बाहिर खुलेका नेपालीहरूको पहिलो लायन्स डल्लास इभरेष्ट, लाइन्स क्लबका संस्थापक तथा पूर्व अध्ययक्ष समेत हुन्।

अर्घाखाँची जिल्लामा जम्मिएका पोख्रेल २६ वर्षअघि अमेरिका पुगेका थिए। परिवारसहित टेक्ससमा बस्दै आएका उनी व्यवसायी हुन्।

पोख्रेल पेट्रोल पम्प, रियल स्टेट, तथा कानुन व्यवसायमा संग्लन छन्।