जन्मदिन पारेर साहकाे एनआरएनए उपाध्यक्षमा उम्मेदवारी

जन्मदिन पारेर साहकाे एनआरएनए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष पदमा अमेरिकाबाट सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन्।

आगामी अक्टोबरमा हुन संघको एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनमा आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको साहले फेसबुकमार्फत जानकारी दिएका छन्।

साह अहिले केन्द्रीय कोषाध्यक्ष छन्। उनी एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष समेत हुन्।

साहले आफ्नो जन्मदिनको अवसर पारेर उम्मेदवारी घोषणा गरेका हुन्।

आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने साहकाे भनाइ छ।

‘विश्वभर रहनुभएका अग्रज एनआरएनए अभियन्ता ,एनआरएनएकर्मी तथा तमाम एनआरएनहरूसँगको सर–सल्लाह र सुझावको उच्च सम्मान गर्दै, आसन्न गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेद्वारी दिने निर्णयमा पुगेको यहाँहरूमा अनरोध गर्दछु,’ साहले भनेका छन्, ‘सधैं झै यहाँहरूबाट साथ रहनेछ भन्नेमा विश्वस्त छु।’