एनआरएनए उपाध्यक्षमा कतारका रेग्मीको चर्चा

एनआरएनए उपाध्यक्षमा कतारका रेग्मीको चर्चा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं विश्व सम्मेलन आगामी १७–२० अक्टोबरमा काठमाडौंमा हुँदैछ।

यसपटकको चुनावमा ४२ सय प्रतिनिधिले भोट हाल्दैछन्। काठमाडौं आउन नसक्ने प्रतिनिधिलाई अनलाइनमार्फत भोट हाल्ने व्यवस्था मिलाइएको छ।

सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसीसी तथा क्षेत्रीय नेतृत्वका लागि दाबेदारी दिनेहरू बढिरहेका छन्।

केन्द्रीय उपाध्यक्ष पदमा मध्यपूर्वका राज रेग्मीले उम्मेदवारी घोषणा गरिसकेका छन्। अहिले युवा उपाध्यक्ष रहेका रेग्मी अब खुल्ला उपाध्यक्ष बन्ने होडमा छन्।

कामदारका रुपमा कतार प्रवेश गरेका रेग्मी अहिले आफ्नै व्यवसाय चलाइरहेका छन्। नेपालका विभिन्न क्षेत्रमा पनि उनको लगानी छ।

युवा उमेरमै सफल व्यवसायीको परिचय बनाएका रेग्मी एनआरनएनमा एक मिलनसार अभियान्ता हुन्।

छोटो समयमै एनआरनएनए वृत्तमा रुचाइएका अभियान्ता मानिन्छन् रेग्मी।

शालीन र भद्र स्वाभावका उनी मध्यपूर्वबाट सम्भावना बोकेका अभियान्ता मानिन्छन्।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको रेग्मीले बताए।

एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्य उनको छ।

विदेशमा आर्जन गरेको सीप र पूँजीलाई मातृभूमिसँग जोड्ने र लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्ने रेग्मीका एजेण्डा छन्।

मध्यपूर्वका श्रमिकको हकहित र अधिकारका लागि विशेष योजना बनाएर नै काम गर्ने उनको योजना छ।

दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न आफूले काम गर्ने रेग्मीले बताए।

परोपकारी संस्था एनआरएनएले मात्र विदेशमा रहेका सबै नेपालीलाई समेट्न सक्ने भएकाले यसमा जोडिनुपर्ने उनी बताउँछन्।

अहिले उनले विभिन्न देशमा पुगेर सल्लाह सुझाव लिइरहेका छन्।

‘एनसीसीहरूमा भेटघाट गर्दा अग्रज तथा साथीभाइहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु। हौसला दिइरहनु भएको छ,’ रेग्मीले भने।

सामाजिक कार्यमा उनी सधै अग्रपंक्तिमा हुन्छन्।

मध्यपूर्व युवा संयोजक रहँदा प्रवासमा रहेका कलाकारलाई लक्षित गर्दै सांगितिक कार्यक्रमको आयोजना गरेर रेग्मीले दोस्रो पुस्ताको समेत मन जितेका छन्।

उनले दोस्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिङ्गिङ आइडल’को आयोजना गरेका थिए।

युवा वर्गलाई एनआरएनएमा आवद्ध गराउन अब विभिन्न रचनात्मक काम गर्ने योजना उनले बनाएका छन्।

आउने चुनावबाट संघमा ६ जना खुल्ला उपाध्यक्ष आउनेछन्। उपाध्यक्ष पदका लागि चर्चामा अरू पनि छन् तर, प्रवल आकाङ्क्षीमा उभिएका छन् राज रेग्मी। किनभने प्राय सबै देशहरूमा उनको प्रभाव बलियो मान्निछ।