एनआरएनए अध्यक्षका प्रत्यासी शर्माको विश्व दौडाह, युरोप, एसियापछि अब ओसिनिया निस्कदै

एनआरएनए अध्यक्षका प्रत्यासी शर्माको विश्व दौडाह, युरोप, एसियापछि अब ओसिनिया निस्कदै

दोहा । गैरआवासीय नेपाली संघ९एनआरएनए०का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा अस्ट्रेलिया भ्रमणमा निस्कने भएका छन्।

३१ अगस्ट बेलुका सिड्नी पुग्ने तालिका रहेको शर्माको सचिवालयले जनाएको छ।

अस्ट्रेलिया भ्रमणको क्रममा शर्माले एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदहालीमा सहभागिता जनाउने छन्।।

अस्ट्रेलियामा गैरआवासीय अभियन्ताहरूसँग भेटेर अभियानलाई अगाडि बढाउने विषयमा सल्लाह र सुझाव लिनेछन्।

आगामी अक्टोबरमा हुने महाधिवेशनमा शर्माले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्।

विश्वभरका अभियन्ता भेट्न शर्माले युरोप, जापानको भ्रमण गरिसकेका छन्।

‘युरोप र जापानमा बस्ने गैरआवासीय अभियन्ताबाट मलाई निकै राम्रो सल्लाह र सुझाव आएको छ,’ शर्माले भने, ‘यो क्रममा अस्ट्रेलियामा बस्ने अभियन्तासँग भेटेर उहाँहरूको महत्त्वपूर्ण सल्लाह र सुझाव लिने छु।’

शर्माले विश्वभरका गैरआवासीय अभियन्ताहरूबाट प्राप्त भएको सुझावको आधारमा नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका छन्। विश्वभरका अभियन्ताले शर्मालाई अगाडि बढ्न सल्लाह र सुझाव दिएका छन्।

अस्ट्रेलिया एनआरएनए एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएको देश हो। अस्ट्रेलियाबाट निर्वाचनमा सबैभन्दा बढी मतदाता हुने छन्।