रियादस्थित दूतावासका नियोग उप-प्रमुखको स्वागत

रियादस्थित दूतावासका नियोग उप-प्रमुखको स्वागत

रियाद। साउदी अरबको रियादस्थित नेपाली दूतावासका नवनियुक्त नियोग उप-प्रमुख तथा मिनिष्टर काउन्सिलर काउन्सिलर शरद राज आरणलाई स्वागत गरिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीले एक कार्यक्रमकाबीच उनलाई दूतावासमा स्वागत गरेको हो।

स्वागत कार्यक्रममा बोल्दै आरणले एनआरएनए र नेपाल सरकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताए।

एनआरएनएले देश तथा विदेशमा पुर्‍याउँदै आएको सहयोगको उनले प्रशंसा गरे।

एनआरएनए साउदीका अध्यक्ष डमर कुमार यादवले दूतावाससँग सहकार्य गरेर आफूहरुले काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि मिलेर नेपालीहरुका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।

यस्तै, कार्यक्रममा बोल्दै संघकी केन्द्रीय महिला उपाध्यक्ष यास्मिन वेगम शैयदले दूतावास र संघबीचको समन्ध सम्बन्ध र समन्वय आउँदा दिनमा अझ वढी प्रभावकारी हुने अपेक्षा व्यक्त गरिन्।

यसैगरी संघका मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल (जोन) ले दूतावासले पछिल्ला दिनहरुमा गरेका कार्यहरुको सराहना गरे।

स्वागत कार्यक्रममा दूतावासका प्रथम सचिव ऋषिराज आचार्य, द्वितीय सचिव भुपेन्द्र घिमिरे, एनआरएनका अभियन्ता राजु शैयद, संस्थापक विमल गौतम, उपाध्यक्ष रवीना अर्याल, राम बहादुर क्षेत्री, युवा संयोजक हेम सुवेदीलगायतका प्रतिनिधिको सहभागिता थियो।