फुटेर नभइ जुटेर अभियानमा लाग्न एनआरएनलाई श्रममन्त्रीको आग्रह

फुटेर नभइ जुटेर अभियानमा लाग्न एनआरएनलाई श्रममन्त्रीको आग्रह

बैंकक। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले गैरआवासीय नेपाली फुटेर नभइ जुटेर जानुपर्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय नवौं सम्मेलनका क्रममा बोल्दै श्रममन्त्री कुँवरले गैरआवासीय जुटेर नेपालको संमृद्धिमा योगदान गर्न जोड दिए।

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार लागिपरेको उनको भनाइ थियो। आर्थिक र सामाजिक रुपान्तरणविना गणतन्त्र टिक्न नसक्ने मन्त्री कुँवरले बताए।

एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक डिपी कँडेलले मिलापमा पुग्न सम्मेलन सफल भएको बताए।