विदेशी होइन, नेपाली सरह लगानी गर्न पाउनुपर्छ : एनआरएनए अध्यक्ष आचार्य

विदेशी होइन, नेपाली सरह लगानी गर्न पाउनुपर्छ : एनआरएनए अध्यक्ष आचार्य

बैंकक। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्र्याउनका लागि गैरआवासीय नेपालीलाई नेपाली सरह अधिकार दिनुपर्ने बताएका छन्।

थाइल्याण्डको बैंककमा चलिरहेको संंघको एसिया प्यासिफिक नवौं क्षेत्रीय सम्मेलनका क्रममा बोल्दै आचार्यले लगानीको सीमा गैरआवासीयलाई हटाउनुपर्ने बताएका हुन्।

सरकारले पछिल्लो समयमा ५ करोडबाट २ करोडमा सीमा झारेको छ । तर, गैरआवासीयलाई जति लगानी गर्न पनि पाइने व्यवस्था गर्नुपर्ने गैरआवासीयहरुले माग गर्दै आएका छन्।

अध्यक्ष आचार्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त प्रस्ताव पेश गरेपनि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा छलफलका क्रममा रहेको बताए।

‘यसले नेपालको विकासमा टेवा पुग्ने उनले बताए । राष्ट्रभूमिको गुण तिर्न यसले टेवा पुग्ने छ’, उनले भने । नेपालबाहिर छुट्टै संस्कृतिको देश रहेको उनले बताए ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्न ढिलाई गर्न नहुने आचार्यको भनाइ छ।

२ खर्बभन्दा बढी पैसा बाहिर रहेकाले तत्काल ल्याउन श्रमिकलाई कोषमा समेट्न आवश्यक भएको उनले बताए।

झगडा पछिको एसिया सम्मेलन भएकाले मिलाप हुने उनले विश्वास व्यक्त गरे।

तीन दिनसम्म चल्ने सम्मेलनमा वैदेशिक रोजगार, लगानी, मतदाता, महिला तथा युवाका विषयमा छलफल हुनेछ।