अमेरिकाले गर्यो युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग

अमेरिकाले गर्यो युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग

एजेन्सी,न्युयोर्क। अमेरिकाले युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गरेको छ। युक्रेनले स्वतन्त्र दिवस मनाइरहेका बेला वासिंगटनले किभलाई उक्त सहयोग प्रदान गरेको हो। रुसले युक्रेनमाथि हमला गरेको ६ महिना पुगेको छ। युक्रेनलाई नयाँ सैन्य सहयोग प्रदान गरिएको ह्वाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नागरिकहरूलाई ‘रूसी आतंक’विरुद्ध सतर्क रहन आग्रह गरेका छन्। रुसले पूर्वी युक्रेनमा आफ्नो हमला बढाइरहेका बेला युक्रेनले पनि आफ्नो प्रतिरोध कडा बनाएको छ।

यसैबीच, क्रेमलिनले राष्ट्रपति भ्लादिमीर पुटिनका निकट सहयोगी तथा राष्ट्रवादी नेता डारिया दुगिनाको हत्यामा ‘कुनै दया नगर्ने’ चेतावनी दिएको छ। २९ वर्षीया दर्या दुगीनाको शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ विस्फोट हुँदा मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन्। अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन्। पुटिनको विश्वदृष्टिकोण र युक्रेनप्रतिको दृष्टिकोणलाई आकार दिन उनी प्रभावशाली मानिन्छन्। तथापी, उनको दृष्टिकोणलाई लिएर रुसमा बहस हुने गरेको छ। दुर्घटनाको समयमा उनी बाबुको कारमा चढेकी थिइन् । बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको अनुमान गरिएको छ।