एनआरएनए अमेरिकाको युवा सम्मेलन क्यालिफोर्नियामा

टेक्सास। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) अमेरिकाले तेस्रो युवा सम्मेलन क्यालिफोर्नियामा गर्ने भएको छ।
२५ फेब्रुअरीमा सानफ्रान्सिस्काे शहरमा सम्मेलन आयोजना गरिएको संघले जनाएको छ।
युवावर्ग तथा दोस्रो पुस्तालाई एनआरएनएको अभियानमा जोड्न र युवा सरोकारका मुद्दाहरुसँग एनआरएनएको सम्बन्ध स्थापित गर्ने अभिप्रायले सम्मेलनको आयोजना गरिएको संघका युवा संयोजक त्रिभुवल पाण्डेले जानकारी दिए।
सम्मेलनलाई सफल बनाउन संघका अध्यक्ष बुद्दिसागर सुवेदीको नेतृत्वमा ११ सदस्यीय समिति बनाइएको सचिव अनुप खनालले बताए।
उनका अनुसार सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई प्रमुख अतिथिका रुपमा अमेरिका बोलाइएको छ। यस्तै, विभिन्न क्षेत्रका विज्ञ पनि सम्मेलनमा सहभागि हुँदैछन्।
संघका उपाध्यक्ष तथा युवा विभाग प्रमुख सुमन थापाले यो सम्मेलन युवाका मुद्दा स्थापित गर्न प्रभावकारी हुने विश्वास गरे।
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
