एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन बैंककमा हुने

एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन बैंककमा हुने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया क्षेत्रीय सम्मेलन थाइल्यान्डको बैंककमा हुने भएको छ।

संघका एसिया प्यासिफिक क्षेत्रीय संयोजक पारसमणी पोखरलेका अनुसार सम्मेलन आगामी २६ अगस्टदेखि २८ सम्म बैंककस्थित होटेल मिलिनियम हिल्टनमा हुनेछ।

सम्मेलनमा एसिया क्षेत्रका सबै एनसीसीको सहभागीता रहनेछ।

सम्मेलनमा एसिया क्षेत्रमा रहेका गैरआवासीय नेपालीका समस्या तथा मुद्धाहरुमा व्यापक छलफल हुने पोखरेलले जानकारी दिए।

सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल सरकारका उच्च सरकारी अधिकारीहरुको सहभागिता रहनेछ।