एनआरएनए अमेरिकाको विवाद आइसीसीको विधानअनुसार सल्टाउनुपर्छ : महासचिव जोशी

एनआरएनए अमेरिकाको विवाद आइसीसीको विधानअनुसार सल्टाउनुपर्छ : महासचिव जोशी

काठमाडौं। गैरआवासिय नेपाली संघ (एनआरएनए) का केन्द्रीय महासचिव गौरीराज जोशीले एनआरनए अमेरिकाको समस्या आइसीसीको विधानअनुसार सल्टाउनु पर्ने बताएका छन्।

एनसीसी एनआरएनए आइसीसीका आधार स्तम्भ भएको जोशीको भनाइ छ। एनसीसी सम्वद्ध देशको नियम कानुनअनुसार स्थापना भएपनि आइसीसीको विधानअनुसार सन्चालन हुनुपर्ने उनको जोड छ।

अमेरिकाको विवाद पनि आइसीसीको विधानभित्र रहेर सहमति र सहकार्यमै सल्टाउनु पर्ने महासचिव जोशीको भनाइ छ।यसका लागि सवैलाई लचिलो भइ सहमतीमा अगाडी बढ्न समेत उनले अनुरोध गरेका छन्।

बुद्धिसागर सुवेदीको नेतृत्वमा रहेको एनसीसीले सदस्यता शुल्क केन्द्रमा नपठाएको भन्दै अहिले उक्त समिती विघटन गरेर कृष्ण लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि अहिले अमेरिकामा विवाद उत्पन्न भएको छ।

संघ अहिले अप्ठ्यारो अवस्थाबाट पार पाउने क्रममा रहेको बताउँदै महासचिव जोशीले एनसीसीका विवादलाई प्रक्रिया अनुरुप समाधान गर्नुपर्ने बताए। एक जुट भएर जाँदामात्र एनआरएनए अभियान प्रभावकारी हन सक्छ भनेरै आइसीसीको नेतृत्व सहमतिमा चयन भएको जोशी बताउँछन्।

बहु-पदिय नेतृत्वलाई लिएर थुप्रै आलोचना भएपनि अहिलेको परिस्थितिमा यसलाई स्वभाविक लिनुपर्ने जोशीको भनाइ छ। नयाँ परिस्थितिमा बनेको आइसीसीको नेतृत्व संयमित भएर एनआरएनए अभियानलाई अझ प्रभावकारी बनाएर लैजान हरसम्भव कोशिस भइरहेको उनले जानकारी गराए।

नेपालको अर्थतन्त्रमा समस्या देखिएकाले सरकारले विदेशमा बस्ने नेपालीबाट सहयोगको अपेक्षा गरिरहेकाले देशको संकट समाधानमा गैरआवासीय नेपालीको सहयोगलाई कसरी परिचालन गर्ने चुनौतीको विषय भएको जोशीको भनाइ छ।

यसबाहेक नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारमा जानेलाई सम्मान र सहुलियत, नेपालमा लगानी गर्दा आईपर्ने अप्ठ्याराहरु हटाउनु पर्ने जस्ता मुद्दाहरुलाई प्रथामिकता दिनुपर्ने उनले बताए।