एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनमद्धारा नयाँ कार्यसमितिलाई ३ करोड ५० लाख रकम हस्तान्तरण

एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनमद्धारा नयाँ कार्यसमितिलाई ३ करोड ५० लाख रकम हस्तान्तरण

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत शाखाकी निवर्तमान अध्यक्ष पुनम गुरुङले ३ करोड ५० लाख रुपैयाँ वर्तमान कार्य–समितिलाई हस्तान्तरण गरेकी छिन्।

सन् २०१९ मा यूके शाखाको अध्यक्ष नियुक्त भएकी पुनमले दुई वर्षअघि शाखाको बैक खाताको जिम्मा लिँदा झण्डै २६ हजार पाउण्ड घाटामा थियो।

तर, आफ्नो कार्यकालमा घाटा परिपूर्ति गर्दै थप पैसा नयाँ कार्य–समितिलाई बुझाउन सफल भएकोमा पुनमले खुसी व्यक्ति गरिन्। ‘१९ जनवरीमा मैले बैक खाता बुझ्दा २६ हजार पाउण्ड घाटामा थियो। अहिले झण्डै सवा २ लाख पाउण्ड बचत गरेर २३ अक्टोबरमा नयाँ कार्य–समितिलाई बुझाएको छु,’ उनले भनिन्।

सन् २०१९–२१ का लागि एनआरएनएको सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद्को पहिलो महिला अध्यक्षको जिम्मेवार बोक्दा उनीप्रति ठूलो सशंय गरिएको थियो। ‘तर, जिम्मेवारीपूर्वक काम गर्न सफल भएकोमा मलाई खुसी लागेको छ। मेरो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा बेलायतमा बसोबास गरिरहेका गैरआवासीय नेपालीलाई धन्यबाद भन्न चाहन्छु,’ उनले भनिन्।

उनको कार्यकालमा यूके आइसीसीको आह्वानमा ‘अक्सिजन पठाऔं। आफन्त बचाऔंֺ,’ अभियानअन्तर्गत दुई सातामा २ करोड ६० लाख अक्सिजन संकलन गरेर बिभिन्न संघ–संस्थाबाट ‘एक संस्था। एक अक्सिजन’ अभियान सञ्चालन गरिएको थियो। जुन निकै सफल रहयो। यस अवधिमा यूकेबाट मात्र १ सय ५० अक्सिजन कन्सन्ट्रेटर पठाउन सफल भएको थियो।

यो पनि पढ्नुहोस्

एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई ‘कम्युनिटी अवार्ड’