एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई ‘कम्युनिटी अवार्ड’

एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई ‘कम्युनिटी अवार्ड’

लन्डन । स्थानीय समुदाय र परोपकारी क्षेत्रमा उत्कृष्ट काम गरेबापत गैरअवासीय नेपाली संघ (एनआरएनए) बेलायतकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई ‘कम्युनिटी अचिभर अवार्ड’ बाट सम्मानित गरिएको छ।

बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलिक एशोसिएसन (बीएसीसीए)को आव्हानमा हरेक वर्ष मनाइने ‘ब्ल्याक हिस्ट्री मन्थ’ मा उनलाई यो अवार्डबाट सम्मनित गरियो। गुरुङलगायत अन्य समुदायका १० कम्युनिटी लिडरलाई यसपालि अवार्डका लागि छनोट गरिएको थियो।

क्यान्सर पीडितको सहयोगमा च्यारिटी दौड, नेपालमा विपन्न परिवारका बालबालिकाको शिक्षादीक्षा, कोभिड महामारीमा नेपाललाई बेलायतबाट डेढ सय अक्सिजन सहयोग गरेका कारण गुरुङलाई यो अवार्डका लागि मनोनित गरिएको थियो।

गुरुङ एनआरएनएनए यूकेको पहिलो महिला अध्यक्ष पनि हुन्।

 

 



No ads found for this position