एनआरएनए विवाद : शेष घले समूहको मुद्धामा फैसला आजै हुने सम्भावना

एनआरएनए विवाद : शेष घले समूहको मुद्धामा फैसला आजै हुने सम्भावना

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकता दाबी गर्दै पूर्व अध्यक्ष शेष घले पक्षधरले दायर गरेको मुद्धाको फैसला आजै हुने सम्भावना छ।

२०७९ मंसिर र २०८० असारमा परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाइ सर्वाेच्चअदालतमा दायर भएको दुई वटा मुद्धाको अन्तिम फैसला हुन लागेको हो।

सर्वाेच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले फैसला आजै हुनसक्ने सम्भावना रहेको बताए।

‘सुनुवाइ जारी छ। सम्भवतः आजै हुन्छ होला,’ उनले भने।

निर्णय सुनाउन मंगलबारलाई पेशी तोकिए पनि  नभ्याइएको भन्दै बुधवारलाई सारिएको थियो।

न्यायाधीश सपना प्रधान मल्ल र डा. नहकुल सुवेदीको संयुक्त इजालसले फैसला सुनाउँदैछ।

१० औं महाधिवेशनका बेला घलेले आफू निकटका केही सीमित व्यक्तिहरूलाई लिएर छुट्टै एनआरएनए बनाएका थिए।

घले समूहले विधानसम्मत निर्वाचन गराएको बताउँदै आफूहरू आधिकारिक रहेको दाबी गरिरहेको छ।