दुबईबाट सुन बोकेर आएका ५ युवा केन्द्रिय कारागारको ‘क्वारेन्टाइन’ मा

दुबईबाट सुन बोकेर आएका ५ युवा केन्द्रिय कारागारको ‘क्वारेन्टाइन’ मा

काठमाडौं।युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट १ किलो ३ सय ९१ ग्राम सुन अवैध रूपमा नेपाल प्रवेश गराउँदै गर्दा पक्राउ परेका पाँच नेपाली श्रमिक केन्द्रिय कारागार, सुनधाराको ‘क्वारेन्टाइन’ मा बसेका छन्।

उनीहरूलाई धरौटी तिर्न नसकेपछि त्रिभुवन विमानस्थलको भन्सार महाशाखाले बैशाख २३ गते केन्द्रिय कारागार पठाएको थियो। दुबईबाट अवैध रूपमा स्पीकरमा लुकाएर सुन ल्याउने क्रममा बैशाख २० गते गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका रामबहादुर तामाङ र सुमित तामाङ तथा कास्कीका राजु बिक पक्राउ परेका थिए।

पक्राउ परेका पाँच श्रमिकलाई १० देखि २० लाखसम्म धरौटी तोकिएको थियो। तर, उनीहरूले धरौटी रकम तिर्न नसकेपछि कारागार पठाइएको भन्सार अधिकृत भरतराज अधिकारीले बताएका थिए।

हाल उनीहरू केन्द्रिय कारागारको ‘क्वारेन्टाइन’ मा रहेको जेल प्रशासनले प्रवास खबरलाई जानकारी दिएको छ। ‘उनीहरू अहिले क्वारेन्टाइनमा छन्,’ जेल प्रशासनले भन्यो।
‘क्वारेन्टाइन’ अवधि पुरा नहुँदासम्म उनीहरूको मुद्धाको सुनुवाई हुनेछैन।

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा

धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा

 



No ads found for this position