धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा

धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट गत साता नेपाल फर्किने क्रममा १ किलो ३ सय ९१ ग्राम सुनसहित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका ५ नेपालीलाई कारावास चलान गरिएको छ।

उनीहरूलाई प्रचलित सुनको मूल्य धरौटीमा बुझाउन विमानस्थल भन्सार कार्यालयले आदेश गरेको थियो। तर, उनीहरूले धरौटी रकम बुझाउन नसक्दा जेल चलान भएका हुन्।

सुन बोकेर आउनेमध्ये नुवाकोट तारकेश्वर–५ गोरस्याङका सुमित तामाङलाई सोह्रलाख चौतिस हजार रुपैयाँ बराबरको बिगो माग गरिएको थियो।

दुबईबाट बैशाख २० गते स्पीकरमा सुन लुकाएर ल्याउने क्रममा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका रामबहादुर तामाङ र सुमित तामाङ तथा कास्कीका राजु बिक पक्राउ परेका थिए।

जनक र यमलाल एयर अरेविया, धनबहादुर र सुमित हिमालय तथा राजु नेपाल एयरलाइन्सको दुबई उडानमार्फत नेपाल आएका थिए।

विमानस्थल भन्सार कार्यालयका अधिकृत भरत अधिकारीले प्रवास खबरलाई दिएको जानकारी अनुसार उनीहरूलाई बैशाख २३ गते नै काठमाडौं जिल्ला अदालतमा पेश गरेर सुन्धारा कारागारमा पठाइसकेको छ।

‘सुन बोकेर आउने पाँच जनालाई उनीहरूले बोकेको सुनको आधारमा धरौटी तोकिएको हो। जिल्ला अदालतमा पेश गरेर हामीले सुन्धारा कारागारमा पठाइसकेका छौं,’ अधिकृत भरतराज अधिकारीले भने।

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा