रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ सय ९१ ग्राम अवैध सुनसहित ५ जना पक्राउ परेका छन्। उनीहरु पाँचै जना यूएईबाट फर्किएका नेपाली हुनु ।

विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले सोमबार स्पीकरमा लुकाएर सुन ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

महााशाखाका प्रवक्ता कृष्ण कोइरालाले प्रवास खबरलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक रहेका छन्।

जनक र यमलाल एयर अरेविया, धनबहादुर र सुमित हिमालय र राजु नेपाल एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका थिए ।
‘उनीहरुलाई अहिले भन्सार कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ,’ कोइरालाले भने ।

उनीहरु सुन तस्कर नभएर सुन तस्करमा प्रयोग भएका भरिया भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।