एनआरएनएको महिला विभागले बाँड्यो जाजरकोटमा न्यानो कपडा

एनआरएनएको महिला विभागले बाँड्यो जाजरकोटमा न्यानो कपडा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) कोे महिला विभागले जाजरकोटका भूकम्व प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण गरेको छ।

जाजरकोटको कुसे गाउँपालिकाका तीन विद्यालयका विद्यार्थीहरूलाई कपडा र टोपी वितरण गरिएको संघकी महिला सचिवा राधिका गुरूङ (टिका)ले जानकारी दिइन्।

उनका अनुसार संघको महिला विभागले पठाएको १२७ थान न्यानो पोशाक र टोपी सचिवालयका प्रतिनिधि निरोज महर्जन र निरोज देउलाले भगवती आवासीय विद्यालयमा वितरण गरेका थिए।

यस्तै, विरेन्द्र आवासीय विद्यालयमा ६७ थान न्यानो पोशाक र टोपी तथा जन कल्याण आवासीय विद्यालयमा १५६ थान न्यानो पोशाक र टोपी वितरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष मन बहादुर सिंह, वडा सदस्य कदर सिंह र संयोजक राधिका शर्मा, इन्द्र बहादुर सिंहलगायत विद्यालय शिक्षकहरूको सहभागिता थियो।

यसअघि संघले जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट पीडित परिवारका लागि राहत वितरण तथा स्वास्थ्य शिविर संचालन गरेको थियो।

जाजरकोटमा १० लाख बराबरको न्यानो कपडा वितरण गरिएको संघकी महिला संयोजक अनुजा प्रधानले बताइन्। उक्त सहयोग उपाध्यक्ष रोजिना प्रधान राई, सचिव गुरूङ, संयोजक प्रधान, सहकोषाध्यक्ष अमृता थापा र क्षेत्रीय महिला संयोजकको समन्वयमा संकलन गरिएको थियो।

संघको महिला विभागले आर्थिक संकलन अभियानमा खट्ने महिला विभागका क्षेत्रीय संयोजक, उपसंयोजकहरूलगायत एनसीसीका महिला प्रमुखहरूलाई विशेष धन्यावाद समेत प्रकट गरेको छ।

१. रेनुका लामा (क्षेत्रीय महिला संयोजक ओसियाना)

२. अनिता गुरूडः (क्षेत्रीय महिला संयोजक एसिया प्यासिफिक)

३. लक्ष्मी गिरी (क्षेत्रीय महिला संयोजक मध्यपूर्व)

४. सरिता भण्डारी (क्षेत्रीय महिला उपसंयोजक मध्यपूर्व)

५. प्रसुन्ना कंडेल (क्षेत्रीय महिला संयोजक यूरोप)

६. केसान लिङदेन (क्षेत्रीय महिला संयोजक अफ्रिका)

७. कविता गुरूङ (महिला संयोजक एनसीसी हङकङ)

८. संगिता चापगाई (महिला संयोजक एनसीसी अष्ट्रेलिया)

९. रवीना अर्याल (एनसीसी अध्यक्ष साउदी अरब)

१०. पुन्यवती सुवेदी (एनसीसी सचिव चीन)

११. विन्दु सुनुवार राई (एनसीसी उपाध्यक्ष मकाउ)

१२. सन्जु नगरकोटाी (महिला संयोजक मकाउ)

१३. मञ्जु मल्ल ( महिला संयोजक एनसीसी यूएई)

१४. रजनी थापा (महिला उपाध्यक्ष एनसीसी कम्बोडिया)

१५. मनिषासिंह कोइराला (महिला उपाध्यक्ष एनसीसी डेनमार्क)

१६. रोजिना गुरूङ (एनसीसी महिला संयोजक बेलायत)