भारत-क्यानडा सम्बन्ध बिथोलिइरहेको ‘शिख’ आन्दोलन

भारत-क्यानडा सम्बन्ध बिथोलिइरहेको ‘शिख’ आन्दोलन

काठमाडौं। शिख समुदायका एकजना पृथकतावादी नेताको हत्यामा संलग्न रहेको आरोपमा क्यानडाले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेपछि भारत र क्यानडाबीच थप तनाव चुलिएको छ।

गत वर्षको जुन महिनामा क्यानडाको भ्यानकुभर सहर नजिकै मुखमा एक प्रकारको लगाएको एउटा समूहले शिख समुदायका एकजना अभियान्ता हरदीप सिंह निज्जरलाई गोली हानेर हत्या गरेको थियो।

भारतमा जन्मिए पनि निज्जर क्यानडाका नागरिकताधारी नागरिक थिए। क्यानडाले उनको हत्यामा भारत सरकारकै हात रहेको भनेको भन्नै बयान दिएपछि दुवै देशबीच तनाव चुलिएको थियो। भारतले निज्जरलाई ‘आतंकवादी’ करार गरेको छ। र, क्यानडाले आफ्नो नागरिकको हत्या गरेको भन्दै भारतमाथि दोष थुपारीरहेको थियो।

यो तनाव यहाँसम्म तन्कियो कि दुवैले देशले आ-आफ्नो देशमा भएका कुटनीतिक नियोग र तिनका प्रतिनिधिहरूलाई आफ्नो देशमा फिर्ता गर्नेसम्मका हर्कत गरे र भारतले त क्यानडेली नागरिकका लागि भिसा नै बन्द गरिदियो। क्यानडा जान चाहनेहरूलाई पनि भारतको यो निर्णयले केही समय अलमलमा पारेको थियो।

४५ वर्षीय निज्जरको हत्याको आरोपमा क्यानडाले शुक्रबार तीनजान भारतीय नागरिकलाई पक्राउ गरेर मुद्दा प्रक्रिया सुरु गरेको छ। भारतले नै गुप्तचरहरू प्रयोग गरेर आफ्नै भूमिमा भारतले भनेको शिख पृथकतावादी नेता निज्जरको हत्या गरेको आरोप लगाएको थियो। भारतले यो आरोप अस्वीकार गर्दै क्यानडाभित्र आम भारतीय सुरक्षित नरहेको भन्दै प्रतिवाद गरेको थियो। भिसा प्रतिबन्ध र कुटनीतिज्ञहरूको निकाला त्यसकै परिणाम थिए।

निज्जरको हत्या आरोपमा गिरफ्तार हुनेहरूमा दुईजना २२ वर्षीय र अर्का एकजना २८ वर्षीय भारती नागरिक हुन्। उनीहरूलाई क्यानडेली प्रहरीले निज्जरको हत्याका लागि दोषी करार दिँदै उनीमाथि गोली चलाउने, चालक र निगरानीकर्ताहरू भएको आरोप लगाएकोछ।

आरोपितहरूको सम्बन्ध ‘भारत सरकारसँग छ’ वा अरुको पनि संलग्नता हुन सक्छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हरदीप सिंह निज्जर क्यानडाका नागरिक थिए। गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित सरीमा एउटा शिख मन्दिरबाहिर गोली हानी उनको हत्या गरिएको थियो। उनी ४५ वर्षका थिए।

उनको जन्म भारतको पन्जाब राज्यको जालन्धरस्थित भरसिंहपुर गाउँमा भएको थियो। उनी सन् १९९७ मा क्यानडा गएका थिए।

पहिला उनले प्लमरको काम गरे। पछि उनी क्यानडाको पश्चिमी राज्य ब्रिटिश कोलम्बियाका एक अग्रणी शिख नेता बने।

भारतको पन्जाबमा स्वतन्त्र खालिस्तानको माग गर्ने खालिस्तान टाइगर फोर्ससँग सम्बद्ध भएको आरोप लगाउँदै भारतले उनलाई सन् २०२० मा आतङ्कवादी घोषणा गर्‍यो। उर्दु भाषाबाट प्रचलनमा आएको ‘खालसा’ शब्कोको अर्थ शुद्ध र खालिस्तानको अर्थ ‘शुद्ध स्थान’ हो।

भारत र पाकिस्तानको विभाजनसँगै हिन्दु र मुस्लिम समुदायले रोजेको अलग बाटोसँगै भारतमा पनि ‘खलिस्तान’ आन्दोलन चर्किएको थियो।

खासमा खालिस्तानीहरू भारतको पञ्जाव तथा हरियाणा राज्यमा बस्छन्।

उनका समर्थकहरूले ती आरोपलाई ‘निराधार’ भनेका छन् र उनले चलाएका अभियानकै कारण उनी निसानामा परेको बताउँदै आएका छन्।

भारतीय सञ्चारमाध्यमहरूले उनको मृत्यु हुँदाको समयमा उनी स्वतन्त्र शिख राज्यका लागि अनौपचारिक जनमतसङ्ग्रह गराउन काम गरिरहेको उल्लेख गरेका छन्।

हालैका महिनामा अनपेक्षित रूपमा ज्यान गुमाउने निज्जर तेस्रो प्रभावशाली शिख नेता हुन्।

शिख धर्म विश्वको एउटा मुख्य धर्ममध्ये एक हो। यो धर्म अहिलेको भारत र पाकिस्तानमा पर्ने पन्जाब क्षेत्रमा सोह्रौं  शताब्दीमा सुरु भएको हो।

सन् १९४७ मा ब्रिटिश शासन अन्त्य भएपछि भारत र पाकिस्तान देश विभाजित भए। त्यसमा मुस्लिम र हिन्दु समुदायसँगै शिख समुदाय पनि अलग भएको थियो। तर त्यसकै लागि शिखहरूले देशको भूगोल भने परिवर्तन गरेनन्।

विश्वभरि झन्डै दुई करोड ५० लाख शिखहरू छन्। धर्मप्रति आस्था राख्ने विश्वको यो पाँचौँ ठूलो समूह हो।

नेपालमा पनि शिख समुदायको बसोबास छ। धेरैजसो गुरुद्वाराहरू भएका स्थानमा सीख समुदायको बसोबास हुन्छ। नेपालमा सामानहरू ढुवानी र ब्यापारका लागि ट्रकसहितका केही शिख समुदायका मानिसलाई तत्कालीन राजा महेन्द्रले नेपाल भित्र्याएका थिए। दरबारले नै त्यो बेला उनीहरूलाई जग्गाजमिन र बसोबाससहितको ग्यारेन्टीसहित केही शिखहरूलाई भारतबाट भित्र्याएको थियो। तीमध्ये केही शिखका त्यो पुस्ता अझै पनि काठमाडौंमै छ। र, उनीहरूको समुदाय अहिले नेपालका धेरै ठाउँहरूमा विस्तार भइसकेको छ।

खासगरी ट्रक ड्राइभर र ढुवानी सेवाका लागि एकाध संख्यामा नेपाल भित्रिएका शिख समुदायले नेपालमा ब्यापार व्यवसाय पनि यतै चम्कायो अनि पारिवारिक बसाइँ सरेर पनि कतिपय शिख समुदाय भारत छोडेर नेपाल भित्रियो।

अधिकांश शिखहरू भारतमा बस्छन्। एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा झन्डै दुई प्रतिशत जनसङ्ख्या शिखहरूको छ। विदेशमा बस्ने शिखहरूको सङ्ख्या पनि ठूलो छ।

भारतबाहेक क्यानडामा सात लाख ८० हजार शिखहरू बस्छन्। उक्त सङ्ख्या क्यानडाको कूल जनसङ्ख्याको दुई प्रतिशतभन्दा बढी हो।

त्यस्तै अमेरिका र युकेमा झन्डै पाँच लाख र अस्ट्रेलियामा झन्डै दुई लाख शिखहरू छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाका शिख समुदायमा एकप्रकारको भारतीय आतंकको डर रहेको बताएका थिए। पृथकतावादीको हत्याको सिलसिलामा तीन व्यक्ति पक्राउ परेपछि उनले क्यानडामा कानूनी शासन रहेको कुरा विश्वभरि प्रमाणित भएको पनि दाबी गरे।

प्रहरीले हरदीप सिंह निज्जरको हत्याको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको छ। प्रधानमन्त्री ट्रुडोले हत्यामा भारत सरकारको संलग्नता रहेको बताएपछि क्यानाडा र भारतबीच कूटनीतिक मनमुटाव सुरु भएको थियो।

शनिबार टोरन्टोमा शिख सम्पदा र संस्कृति मनाउन आयोजित एक समारोहमा ट्रुडोले क्यानाडाका शिख समुदायमा धेरै मानिसले ‘असहज महसुस गरिरहेको र अहिले पनि भयभीत रहेको’ स्वीकार गरेका थिए।

त्योसँगै उनले क्यानडाको न्याय प्रणालीमा विश्वास गर्न आग्रह पनि गरे।

‘हामी शान्त बनौँ र हाम्रो लोकतान्त्रिक सिद्धान्त र न्याय प्रणालीप्रति हाम्रो प्रतिबद्धतामा अडिग रहौँ’,  उनले भने, ‘गिरफ्तारी महत्त्वपूर्ण थियो किनकि क्यानाडा बलियो र स्वतन्त्र न्याय प्रणालीसहितको कानूनको शासन भएको मुलुक हो, साथै नागरिकहरूको सुरक्षा गर्ने आधारभूत प्रतिबद्धता पनि हो।’

सन् १९९७ मा क्यानाडा बसाइँ सरेका र सन् २०१५ मा नागरिक बनेका निज्जरले भारतबाट निकालिएको खालिस्तान भनेर चिनिने छुट्टै शिख राज्यको वकालत गरेका थिए। उनलाई कथित आतङ्कवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा भारतीय अधिकारीहरूले खोजेका थिए। शिख समुदायको बाक्लो बसोबास भएको भारतको पञ्जाव राज्य हो।

सन् २०२३ जुन १८ मा उपनगरीय भ्यानकुभरमा उनले नेतृत्व गरेको शिख मन्दिरको पार्किङमा मुखुन्डो लगाएका आक्रमणकारीले उनको गोली हानी हत्या गरेका थिए।

प्रधानमन्त्री ट्रुडोले धेरै महिनापछि क्यानाडासँग हत्यामा भारतीय गुप्तचर संलग्न रहेको ‘विश्वसनीय आरोप’को घोषणा गरेका थिए। साथै उनले एक भारतीय अधिकारीलाई निष्कासित गरेका थिए।

भारतले आरोपहरूलाई ‘अर्थहीन’ भन्दै अस्वीकार गर्‍यो र कडा प्रतिक्रिया दियो। साथै क्यानाडाली नागरिकका लागि भिसामा केही समयका लागि रोक लगायो भने ओटावालाई आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता ल्याउन बाध्य पार्‍यो।

नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक गणतन्त्रमा बस्ने एक भारतीय नागरिकमाथि कथितरूपमा अमेरिकी भूमिमा यस्तै प्रकारको हत्या प्रयासको योजना बनाएको आरोप लगाएको थियो।