क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने ३ जना पक्राउ
File Photo
काठमाडौं। नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा चिसंखुगढी गाउँपालिका– ८ घर भई ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देही तिलोत्तमा नगरपालिका–२१ कोटिहवा घर भई काठमाडौं तारकेश्वर बस्ने २५ वर्षीय बिनोद न्यौपाने रहेका छन्।
काठमाडौं उपत्यकाका क्यासिनोहरुमा हुने विभिन्न कृयाकलापहरूमाथि निगरानी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर