उपमहासचिवले ताके अध्यक्ष, ५० अर्बको एनआरएनए कोष बनाउने प्रतिबद्धता

उपमहासचिवले ताके अध्यक्ष, ५० अर्बको एनआरएनए कोष बनाउने प्रतिबद्धता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव विनय अधिकारीले अब अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

अधिकारीले काठमाडौंबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आफू अध्यक्ष बने नेपालमा लगानी भित्र्याउन ५० अर्बको एनआरएनए कोष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारीसँगै २७ बुँदे प्रतिबद्धतापत्र जारी गरेका उनले पछिल्लो समय एनआरएनभित्र देखिएको विकृति र विसंगतिलाई हटाउने बताएका छन्।

‘अहिले चुनाव लड्नका लागि चर्को शुल्क लिने अमानवीय कार्यलाई परिवर्तन गर्नुपर्ने अवस्था छ। यसमा मेरो प्रयत्न रहनेछ,’ उनले भने।

गोर्खाको फुजेलमा जन्मिएका अधिकारी हाल बेलायत बस्छन्।

अहिले उनले क्याम्ब्रिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा पिएचडी गर्दै छन्।