राष्ट्रपतिलाई विश्व सम्मेलन उद्घाटनको निम्तो

राष्ट्रपतिलाई विश्व सम्मेलन उद्घाटनको निम्तो

राष्ट्रपतिलाई विश्व सम्मेलन उद्घाटनको निम्तो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आगमाी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको उद्घाटन सत्रका लागि राष्ट्रपति रामचन्द्र पौडेलललाई निमन्त्रणा दिइएको छ।

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी महाधिवेशनका लागि निम्तो दिएका हुन्।

संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनबारे सम्माननीय राष्ट्रपतिलाई जानकारी गराए। उनले सम्मेलनमा उद्घाटन र सम्बोधनका लागि अनुरोध गरे।

राष्ट्रपति पौडेलले सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन्।

संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्गप्रशस्त गरेकोमा खुसी व्यक्त गरे।

नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए

अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरे।

राष्ट्रपति पौडेलले नियमावलीमा अप्ठ्यारा र झन्झटिलो प्रावधान राख्न नहुने पक्षमा रहेको बताए।