एनआरएनए एसिया प्यासिफिकको नेतृत्वमा भट्टराईको तयारी

एनआरएनए एसिया प्यासिफिकको नेतृत्वमा भट्टराईको तयारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा मलेसियाबाट हरि भट्टराईले इच्छा देखाएका छन्।

संघको आगामी कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रको नेतृत्व हाँक्ने इच्छा उनको छ।

भट्टराई अहिले एसिया प्यासिफिक क्षेत्रकै उपसंयोजकको जिम्मेवारीमा छन्।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय भट्टराईसँग एनआरएनए मलेसियाको सफल नेतृत्व गरेको अनुभव छ।

कोभिडका बेला मलेसियामा समस्यामा परेका नेपालीको राहत तथा उद्धारमा उनले खेलेको भूमिका प्रशंसनीय मान्निछ।

दुई दशकअघि पढ्नका लागि मलेसिया पुगेका भट्टराई अहिले उतै व्यवसायमा जमेका छन्।