उपमहासचिव केसी अब उपाध्यक्षमा लड्दै

उपमहासचिव केसी अब उपाध्यक्षमा लड्दै

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव गणेश केसीले संघको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

प्रवास खबरसँग कुरा गर्दै केसीले आउँदो कार्यकालमा आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए।

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय केसी अष्ट्रेलियामा बस्छन्।

केसीले अग्रज अभियान्तहरूको सल्लाह–सुझाव अनुसार अब उपाध्यक्षमा जाने योजना बनाएको बताए।

केसी एनआरएनए अष्ट्रेलियाको पूर्व अध्यक्ष हुन्।

केसीसँग एनआरएनएका विभिन्न ट्राक्स फोर्समा काम गरेको अनुभव समेत छ।

अहिले एनआरएनए ‘स्कील तथा भोकेशनल एजुकेशन कमिटि’को संयोजकको जिम्मेवारी पनि उनको काँधमा छ।

केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।