एनआरएनए सचिवमा अमेरिकाबाट कृष्णजीवी पन्थको उम्मेदवारी

एनआरएनए सचिवमा अमेरिकाबाट कृष्णजीवी पन्थको उम्मेदवारी

काठमाडौैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा अमेरिकाबाट कृष्णजीवी पन्थले उम्मेदवारी घोषणा गरेका छन्।

संघको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको पन्थले प्रवास खबरलाई बताए।

पन्थ एनआरएनए अमेरिकाका निर्वमान वरिष्ठ उपाध्यक्ष हुन्। यस्तै, २०१९–०२१ कार्यकालमा उनले उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए।

सामाजिक कार्यमा पन्थले खेलेको भूमिका प्रशंसनीय मानिन्छ। मिलनसार स्वभाव भएका पन्थ अमेरिकावासी नेपालीको मन जितेका छन्।

एनआरएनए अमेरिकाको आफ्नै भवन खरिद गर्दा उनी संयोजक भएर काम गरेका थिए।

उपाध्यक्षको जिम्मेवारीमा रहँदा उनकै नेतृत्वमा ‘वान एनसीसी वान च्यारीटी’ अन्तरगत एनआरएनए अमेरिकाले सल्यान जिल्लामा प्रसूती गृहको निर्माण गरेको थियो।