जापानका पारसमणि महासचिवमा भिड्ने

जापानका पारसमणि महासचिवमा भिड्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा जापानका पारसमणि पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि जापानलाई आफ्नो कर्मथलो बनाएका पोख्रेल सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।

संघको वर्तमान कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रको नेतृत्व गरिरहेका पोख्रेलले आगामी कार्यकालका लागि महासचिव पदमा दावी गरेका हुन्।

जापानमा व्यवसायसँगै सामाजिक काममा पनि उल्लेखनीय योगदान पुर्याएका पोख्रेलले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन्।

संघमा सुधार ल्याउन रचनात्मक काममा जोड दिँदै आएका पोख्रेल अग्रजहरूको रोजाईँमा पर्छन्।

पोख्रेलले गत अगष्टमा थाइल्याण्डमा सम्पन्न एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा नै आफू महासचिवमा तयारी गरिरहेको बताएका थिए।

महासचिव पदमा अमेरिकाबाट बुद्धीसागर सुवेदी र बेल्जियमबाट गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै, अहिलेका महासचिव गौरीराज जोशी पनि सोही पदमै दोहोरिने घोषणा गरेका छन्।