सहकोषाध्यक्ष गैरे सचिवमा उठ्ने

सहकोषाध्यक्ष गैरे सचिवमा उठ्ने

टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) का सहकोषाध्यक्ष टंकप्रसाद गैरेले आगामी कार्यकालमा सचिव पदमा उम्मेदवारी दिने भएका छन्।

सचिव पदका लागि तयारीसहित अघि बढिरहेको जानकारी गैरेले प्रवास खबरलाई दिए।

लामो समयदेखि जापानलाई आफ्नो कर्मथलो बनाएका गैरेले एक असल समाजसेवीको पहिचानसमेत बनाएका छन्।

सन् २०११ मा एनसीसी जापानबाट एनआरएनए अभियानमा प्रवेश गरेका गैरेले आइसीसी सदस्य समेत भएर काम गरेका थिए।

जापानमा सक्रिय अन्य संघ–संस्थामा पनि काम गरेको अनुभव उनीसँग छ।

एनआरएनएले गठन गरेका विभिन्न टास्कफोर्समा बसेर समेत उनले योगदान पुर्‍याएका छन्।

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुख र विपदको समाधानको लागि आवश्यक पहल गर्नै जस्ता योजना उनका छन्।

बाग्लुङ गल्कोटमा जन्मिएका गैरेले जापानमा दुई दशक बिताइसकेका छन्।

गैरेका जापानमा मिना ब्राण्डको आधा दर्जनभन्दा बढी होटल छन्।

यस्तै, सिनर्जी पावरमा समेत गैरे आबद्ध छन्।