प्रवक्ता सापकोटा उपमहासचिवमा भिड्ने

प्रवक्ता सापकोटा उपमहासचिवमा भिड्ने

काठमाडौंं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले संघको आगामी कार्यकालका लागि उपमहासचिवमा उम्मेदवारी दिने भएका छन्।

आउँदो कार्यकालमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको सापकोटाले प्रवास खबरसँग बताए।

काठमाडौंमा एक कार्यक्रमकाबीच औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने उनको तयारी छ।

बेलायत बस्ने सापकोटा एनआरएनएमा पर्यटन विभागको समेत नेतृत्व गर्छन्।