एनआरनरएनले नेपाल देशलाई विश्वभर चिनाएको छ : अध्यक्ष,थापा

एनआरनरएनले नेपाल देशलाई विश्वभर चिनाएको छ : अध्यक्ष,थापा

काठमाडौं । गैरआवासीय नेपाली संघ ( एनआरएनए) कि कार्यकारी अध्यक्ष रवीना थापाले आफूहरुले नेपाललाई विश्वभर चिनाउन सहयोग गरिरहेको बताएकी छिन्।

संघको २० औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल देशलाई एनआरएनएले संसारभर चिनाउन भूमिका खेलिरहेको बताएकी हुन्। ´एनआरएनएको संजाल संसारभर छ। नेपाल देश भनेर थाहा नहुनेहरुले पनि एनआरएनएको माध्यमबाट नेपालबारे जानकारी पाएका छन्,´ उनले भनिन्।

नेपालको पर्यटन प्रबर्द्धनमा एनआरएनएले सहयोग पुर्याइरहेको उनको भनाइ छ। नेपालको पर्यटन प्रबर्द्धन र विकासमा सरकारसँग सहकार्य गर्न एनआरएनए तयार रहेको उनले बताइन्।

उनले २० औं वर्षसम्म आइपुग्दा संघभित्र विभिन्न उत्तरचढाप आएको बताउँदै अब एक ढिक्का भएर अगाडि बढाउनुपर्ने बताइन्।