निकट भविष्यमै गैरआवासीय नेपालीलाई नागरिकता दिलाउँछौ : प्रधानमन्त्री देउवा

निकट भविष्यमै गैरआवासीय नेपालीलाई नागरिकता दिलाउँछौ : प्रधानमन्त्री देउवा फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली (एनआरएन) लाई निकट भविष्यमा नागरकिता दिलाइने बताएका छन्।

संघको २० औं वार्षिकत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निकट छिट्टै नागरिकता प्रदान गरिने प्रतिवद्धता जनाएका हुन्।

‘तपाईँहरुले उठाउँदै आउनु भएको नागरिकताको विषयलाई निकट भविष्यमा सम्बोधन गर्छाैं। गैरआवासीय नेपालीलाई नागरिकता दिलाउँछौं,’ उनले भने।

प्रतिनिधि सभाको दुवै सदनले पास गराएर पठाएको नागरिकता विद्येयक राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गरेकी थिइन्।

कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले छुट्टै अध्यादेश ल्याएर भएपनि गैरआवासीय नेपालीलाई नागरकिता दिलाउन प्रधानमन्त्रीलाई आग्रह गरे।

oznor