एनआरएनलाई धितोबजारमा इन्ट्री

एनआरएनलाई धितोबजारमा इन्ट्री

काठमाडौं। सरकारले गैरआवासीय नेपालीलाई धितोबजारमा प्रवेश दिने भएको छ ।

आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कानुन खुला गरेर गैरआवासीयलाई दोस्रो कारोबारमा पनि प्रवेश दिइने बताए।

यस्तै प्राथमिक निष्कासनमा गैरआवासीय नेपालीलाई १० प्रतिशत अनिवार्य कोटाको व्यवस्था गरिने उनले बताए।