एनआरएनए–परराष्ट्र मुद्दा ‘हेर्न नमिल्ने’मा

एनआरएनए–परराष्ट्र मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं। उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) र परराष्ट्र मन्त्रालयबीचको मुद्दा हेर्न नमिल्नेमा राखेको छ।

अन्तरिम आदेशविरुद्ध परराष्ट्र मन्त्रालयको भ्याकेट निवेदनको पेशी बुधवारका लागि तोकिए पनि हेर्न नमिल्नेमा राखिएको हो। पेशी न्यायधिशद्धय बामदेव ज्ञवाली र महेन्द्रनाथ उपाध्यको संयुक्त इजलासमा परेको थियो।

यो मुद्धमा ११ फागुनमा पनि पेशी थियो । तर, अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइने सूचीमा परेको थियो।

संघको चुनाव रोक्ने तथा कार्यकारी अधिकार संरक्षक परिषदलाई दिने परराष्ट्र मन्त्रालयको निर्देशन कार्यान्वय नगर्न/नगराउन भन्दै उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थियो। अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै परराष्ट्रले गत ४ माघमा भ्याकेट निवेदन दिएको थियो।

सरकारले संघको निर्वाचनमा ठाडो हस्तक्षेप गरेपछि अध्यक्ष कुमार पन्त मन्त्रालयकाविरुद्ध पाटन उच्च अदालतमा पुगेका थिए। अदालतले १९ मंसिरमा पन्तको पक्षमा अन्तरिम आदेश दिएको थियो।



No ads found for this position