शनिवार ‘टिम बद्री’ को चुनावी सभा

शनिवार ‘टिम बद्री’ को चुनावी सभा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएननए) को अध्यक्ष पदका लागि प्रत्यासी डा. बद्री केसीले शनिवार एक चुनावी सभाको आयोजना गरेका छन्।

संघको निर्वाचन समितिले चुनावको कार्यतालिका सार्वजनिक गरे लगत्तै केसीले निर्वाचन प्रकृयाकाबारेमा जानकारी दिने उदेश्यले शनिवार भर्चुअल कार्यक्रम (ककस ८) को आयोजना गरेका हुन्।

संघको १० औं महाधिवेशन तथा निर्वाचनबारे भइरहेका प्रगतिबारे जानकारी दिने तथा सुझाव संकलन गर्ने उदेश्यले भेलाको आयोजना गरिएको बताइएको छ।

नेपाली समयनुसार बेलुका ८ बजे जुममार्फत सुरु हुने कार्यक्रममा सहभागी हुने केसीले आग्रह गरेका छन्। आगामी निर्वाचनको लागि प्रत्यासी उम्मेदवारहरुले आआफ्नो भनाइहरु राख्ने बताइएको छ।

संघको निर्वाचन २१ र २२ मार्चमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ । संघको निर्वाचन समितिले पहिलो चरणको मतदाता मानावली प्रकाशन गरिसकेको छ।