एनआरएनएका पूर्वअध्यक्ष घलेलाई कोभिड संक्रमण

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेलाई कोभिड संक्रमण भएको छ । स्रोतका अनुसार घले संक्रमित भएपछि आज (शनिबार) डाकिएको उच्चस्तरिय समितिको बैठक स्थगित भएको छ।
संघको १० औं महाधिवेशन प्रतिनिधि विवाद समाधान गर्न घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक आज मध्यान्ह १२ बजे डाकिएको थियो।
स्रोतका अनुसार घलेलाई शुक्रवार देखिनै उच्च ज्वरोले च्यापेको थियो। स्थगित बैठक भोलि बस्ने बताइएको छ।
ताजा अपडेट

प्रवास खबर
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

प्रवास खबर