एनआरएनए महाधिवेशन : प्रतिनिधिलाई शुक्रबारसम्म सेल्फि र डकुमेन्ट अपेडट गर्न आग्रह

एनआरएनए महाधिवेशन : प्रतिनिधिलाई शुक्रबारसम्म सेल्फि र डकुमेन्ट अपेडट गर्न आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई १० डिसेम्बर शुक्रबारसम्म एमआइएस सिस्टममा फेस प्रमाणिकरण (सेल्फी) लिन र कागजात अपडेट गर्न आग्रह गरेको छ ।

निर्वाचन समितिले २६ र २७ डिसेम्बरमा अनलाइन प्रणालीमार्फत मतदान गर्ने तयारी गरेको छ । निर्वाचन समितिले सूचना जारी गर्दे सेल्फी नदिएका र कागजात नपुगेका प्रतिनिधिहरुलाई शुक्रबारसम्म प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।

निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिले चयन भएका सदस्यले निम्नअनुसार विवरण भर्नुपर्नेछ :

१. महाधिवेशन प्रतिनिधिहरुको एनआरएनए एमआइएसमा आफ्नो नाम दर्ता भएको हुनपर्नेछ।

२. सेल्फि लिनको लागि आफ्नो मोबाइलमा (Smart NRNA) एप डाउनलोड गर्नुपर्नेछ।

३. उक्त एपमा एकाउन्ट लगइन गरेपछि सेल्फि दिएको छैन भने त्यसको जानकारी आउँछ  (तल हेर्नुस् ) । त्यसमा क्लिक गरेर सेल्फि लिन सकिन्छ।

४. अमेरिका र अष्ट्रेलियाका महाधिवेशन प्रतिनिधिहरुले समेत एमआइएसमार्फत सेल्फि लिन सक्नेछन् ।

५. सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित भएको कागजात पहिला बुझाउन छुटेको भए इमेल ([email protected]) मार्फत पठाउन सकिनेछ ।