चुनाव नरोक्न परराष्ट्रलाई पुनरावेदन अदालतको आदेश

चुनाव नरोक्न परराष्ट्रलाई पुनरावेदन अदालतको आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको चुनाव स्थगित गराउने परराष्ट्रको निर्णयविरुद्ध पुनरावेदन अदालतले अन्तरिम आदेश दिएको छ।

आफूलाई बदनियतपूर्ण तबरले अध्यक्ष पदबाट हटाउने तथा चुनाव स्थगित गराउन आदेश दिने परराष्ट्रको निर्णयलाई चुनौति दिदै अध्यक्ष कुमार पन्तले गत शुक्रबार पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले पन्तको मुद्दाको पैरवी गर्दै परराष्ट्रको पत्र कार्यन्वयन नगराउन आदेश गरेको हो।

अदालतको निर्णयले १५ डिसेम्बरमा चुनाव गराउने बाटो खुलेको महासचिव हेमराज शर्माले जानकारी दिए। परराष्ट्रले संघको चुनाव गराउने सम्बन्धमा अध्यक्ष पन्तको कार्यकाल सकिएको र चुनाव गराउने अधिकार संरक्षण परिषद्लाई दिएको भनेर बदनियतपूर्ण निर्णय गरेको थियो।
अदलतको निर्णयले चुनाव गराउन बाटो खुलेको भन्दै उपाध्यक्ष डा बद्रि केसीले पनि खुसी व्यक्त गरेका छन् ।