एनआरएनए भत्काउन बालुवाटारले ठाडो हस्तक्षेप गर्यो : अध्यक्ष पन्त

एनआरएनए भत्काउन बालुवाटारले ठाडो हस्तक्षेप गर्यो : अध्यक्ष पन्त

काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएनएलाई भत्काउन सरकार लागेको आरोप लगाएका छन्। उनले एनआरएनएलाई अपाङ्ग बनाउन बालुवाटारनै लागेको बताए। शनिवार पत्रकारसँग कुराकानी गर्दै उनले एनआरएनएको अस्तित्वसँग खेलवाड नगर्न पनि चेतावनी दिएका छन्।

चुनावको समयसीमा तय भएर चुनावी माहोल तयार भइसकेको अवस्थामा आफुलाई पदमुक्त भएको पत्र पठाउने परराष्ट्रको काम बदनियत तथा अमुक ब्यक्तिलाई संस्था बुझाउने योजना अनुरूप भएको उनको भनाइ थियो।

उनले परराष्ट्रको पत्रको विषयमा परराष्ट्रमन्त्रीसँग प्रश्न गर्दा उहाँ नाजबाव भएको र सचिवहरूले बालुवाटारको आदेशले यस्तो काम गर्नु परेको आफुलाई बताएको जानकारी दिए।

संरक्षक परिषद्लाइ चुनावको अधिकार दिनु नै संघको अस्तित्व नामेट गर्न खोजेको आरोप पनि उनले लगाए। उनले संघलाई एक ढिक्का राख्न सरकारविरूद्व मुद्वा हाल्नु परेको बताए। व्यक्तिगत स्वार्थका लागि संघलाई अनिर्णयको बन्दी बनाउन नसक्ने भन्दै उनले यसविरूद्व कडा प्रतिकार गरिने बताए।