बेलायती जनसम्पर्क समितिले आचार्यलाई पत्याएन, रवीनालाई साथ

बेलायती जनसम्पर्क समितिले आचार्यलाई पत्याएन, रवीनालाई साथ

लण्डन । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायतले आगामी एनआरएनएनको निर्वाचनमा अध्यक्षमा रवीना थापा र महासचिवमा विनय अधिकारीलाई सघाउने भएको छ।

बेलायतमा आइतबार बसेको समितिको बैठकले अध्यक्षको प्रत्यासी थापा र महासचिवमा अधिकारीलाई समर्थन जनाउने निर्णय गरेको हो।

नेपाली कांग्रेस निकट थापा नेपाली जनसम्पर्क समिति जापान र अमेरिकाको संस्थापक सदस्य हुन्। उनी म्याग्दीका पुराना कांग्रेसी नेता दिलबहादुर केसीको छोरी हुन्।

यस्तै, युकेको जनसम्पर्क समितिका केन्द्रीय सभा सदस्य भएका कारण अधिकारीलाई समर्थन गर्ने जनाइएको छ। यस्तै, केन्द्रीय सभा सदस्य थर्क सेन र दयानिधि सापकोटालाई पनि समर्थन जनाउने बताएको छ। सेनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने सापकोटाको युरोप सह–संयोजकमा उम्मेदवारी छ।

बेलायतको जनसम्पर्क समितिले थापालाई समर्थन जनाउने भएपछि अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको समस्या बढ्ने पक्का छ। आचार्यले बेलायतबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी गत चुनावमा कुमार पन्तसँग अध्यक्ष पदमा पराजित भइसकेका छन्।