एनआरएनए निर्वाचन : एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा मलेसियाबाट विश्व राईको उम्मेदवारी

एनआरएनए निर्वाचन : एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा मलेसियाबाट विश्व राईको उम्मेदवारी

क्वालालम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा मलेसियाबाट विश्व राईले उम्मेदवारी घोषणा गरेका छन्।

नेपालको ताप्लेजुङमा घर भएका राई सन् २००६ देखि मलेसियामा छन्। उनी २००८ देखि एनआरएनएको अभियानमा संलग्न छन्। एनआरएनए मलेसियाको संस्थापक सदस्यसमेत रहेका राईले मलेसिया शाखाको महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षमा रहेर काम गरिसकेका छन्। उनी २०१७ देखि निरन्तर आइसीसी सदस्य छन्।

मलेसियामा बसेर व्यवसाय गर्दै आएका राई मलेसियामा मात्र नभएर एसिया प्यासिफिक हुँदै विश्वभरि छरिएर रहेका नेपालीको सुखदुःखमा काम गर्न आफूले उम्मेदवारी दिन लागेको बताए।

‘मलेसियालगायत एसिया क्षेत्रमा आपतमा परेका नेपाली श्रमिकका लागि सुरक्षित गृह सञ्चालनमा पहल गर्न, स्वदेशी उत्पादन र पर्यटनको प्रबद्र्धन, मर्यादित बैदेशिक रोजगारीको पहल एवं प्रबद्र्धन, मलेसियालगायत एसिया क्षेत्रमा आपतमा परेका नेपाली श्रमिकका लागि सुरक्षित गृह संचालन गर्ने योजना छ,’ उनले भने, ‘स्वदेशी उत्पादन र कोभिड प्रभावित वा यससम्बन्धी मनोपरामर्श अभियान संचालन गर्नका साथै संघको एसिया क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गर्न पनि मेरो उम्मेदवारी हो।’