एनआरएनए पोर्चुगलको अध्यक्षमा रवीन अधिकारीको शानदार जीत

एनआरएनए पोर्चुगलको अध्यक्षमा रवीन अधिकारीको शानदार जीत

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) पोर्चुगलको अध्यक्षमा रवीन अधिकारी विजयी भएका छन्।

निर्वाचन समितिले वुधबार सांझ सार्वजानिक गरेको मतपरिणाम अनुसार अधिकारीले निकटतम प्रतिस्पर्धीद्वय सोमफुरि शेर्पा र अशोक गुरुङलाई फराकिलो मतले पराजित गरेका हुन्।

अधिकारीले ७९४ मत प्राप्त गरे भने शेर्पाले १५० मत ल्याए । यस्तै गुरुङ २३ भोटमै चित्त बुझाउन बाध्य भए।

यस्तै वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले, उपाध्यक्षहरुमा उमेश खड्का, दिनेश भण्डारी निर्वाचित भए।

महासचिवमा राजकुमार थापा, सचिवमा रवि अर्याल, राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल, सहकोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन्।

यस्तै महिला संयोजक सिता ढकाल निर्वाचित भइन् । अन्य पदाधिकारी यसअघिनै निर्विरोध भएका थिए । भिमसेन थापा आइसीसी सदस्यमा निर्वाचित भए।