एनआरएनए यूकेमा प्रेम गाहा समूहको ‘क्लिन स्विप’

एनआरएनए यूकेमा प्रेम गाहा समूहको ‘क्लिन स्विप’

लण्डन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बेलायतको अध्यक्षमा प्रेम गाहा मगर विजयी भएका छन् । गाहाले दुई प्रतिद्वन्दी रोजिना प्रधान र दीपक श्रेष्ठलाई फराकिलो मतअन्तरले पराजित गरेका हुन्।

गाहाले ४ हजार ५७४ भोट प्राप्त गरे । यस्तै श्रेष्ठले २ हजार १९१ मत ल्याए भने प्रधानले २ हजार १४८ भोट पाइन्।

यस्तै समितिका अन्य पदमा पनि गाहा समूहकै उम्मेदार निर्वाचित भएका छन्।

बेलायतमा सोमबार अनलाइनबाट मतदान भएको थियो । निर्वाचन समितिले शुक्तबार मात्रै मतपरिणाम सार्वजानिक गरेको थियो ।