एनआरएनए नेदरल्याण्डको अध्यक्षमा मिम पुर्जा विजयी

एनआरएनए नेदरल्याण्डको अध्यक्षमा मिम पुर्जा विजयी

दहेग । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नेदरल्याण्डको अध्यक्षमा मिम पुर्जा विजयी भएका छन्।

शनिवार भएको निर्वाचनमा पुर्जाले २४२ मत प्राप्त गर्दै नेतृत्वमा बाजी मारेका हुन् । अध्यक्षकै अर्का प्रत्यासी पदम बहादुर क्षेत्री ( रामचन्द्र) ले भने १८९ मतमै चित्त बुझाउन बाध्य भए।

यस्तै वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, उपाध्यक्षमा अमिर गुरुङ, खेमलाल सापकोटा, महिला उपाध्यक्षमा सिता सापकोटा, महासचिवमा सिता कुमार क्षेत्री, सचिवमा पेमा लामा, कोषाध्यक्षमा सुशिला बानिया र सहकोषाध्यक्षमा रेखा घिमिरे निर्वाचित भएका छन्।

यसैगरी निरज गुरुङ युवा संयोजक र साउथ होल्याण्ड संयोजकमा सञ्जय श्रेष्ठ निर्वाचित भएका छन्।

निर्वाचित सदस्यहरुमा विवेक बास्तोला, बालकृष्ण थापा, दिनेश अर्याल, ज्ञानेन्द्र आले र राम प्रसाद रेग्मी रहेका छन्।

यस्तै आइसीसी सदस्यमा टीकाराम सापकोटा निर्वाचित भएका छन्।

यसअघि महिला संयोजकमा चन्दना खड्का र लिम्बर्ग क्षेत्रीय संयोजकमा सुवास पराजुली निर्विरोध चुनिएका थिए।