एनआरएनए चीनको नेतृत्वमा अग्रवाल विजयी

एनआरएनए चीनको नेतृत्वमा अग्रवाल विजयी

बेइजिङ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) चीनको नेतृत्वमा रोहित अग्रवाल विजयी भएका छन् ।

अग्रवालले निकटतम प्रतिद्वन्दी यामबहादुर क्षेत्रीलाई ४५ मतले पराजित गरेका हुन् । अग्रवालले १०९ भोत प्राप्त गरे भने क्षेत्रीले ६४ भोट पाए ।

अग्रवाल व्यापारी हुन्।उनी दुई दशकदेखि चीनमा बस्दै आएका छन्।

यस्तै उपाध्यक्षमा विष्णु प्रसाद दुमरु, निर्मल शर्मा चौलागाई, महिला उपाध्यक्षमा सविता बर्ताैला, महासचिवमा यादव अर्याल, सचिवमा राजकुमार खरेल, कोेषाध्यक्षमा बलराम तामाङ र सहकोषाध्यक्षमा रविन्द्र कुमार माली विजयी भएका छन्।

यस्तै पुण्यवदी सुवेदी कोइराला महिला संयोजक र सुवर्ण श्रेष्ठ युवा संयोजकमा निर्वाचित भएका छन्।

निर्वाचित सदस्यहरुमा युुवराज थापा, सुरज शर्मा दिपक अग्रवाल, प्रेम प्रसाद सुवेदी, यादव दाहाल, नवराज तिमल्सीना, तुल्सी न्यौपाने, प्रदिप सिंह र प्रदिप नेपाल रहेका छन्।

यस्तै आइसीसी सदस्यमा प्रदीप न्यौपाने विजयी भएका छन्।