एनआरएनए माल्टाको अध्यक्षमा अर्याल विजयी

एनआरएनए माल्टाको अध्यक्षमा अर्याल विजयी

माल्टा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) माल्टाको अध्यक्ष पदमा भुवन अर्याल विजयी भएका छन्।

शुक्रबार सम्पन्न निर्वाचनमा अर्यालले ३३८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्दी रेम्स खनालले भने ३०१ भोट ल्याए ।

त्यसैगरी आइसीसी सदस्यमा राजु अर्याल (बाबु) विजयी भएका छन् । उनले ३ सय ४६ मत प्राप्त गरे भने प्रतिद्वन्दी प्रकाश भण्डारीले ३०८ भोटमा चित्त बुझाउन बाध्य भए।

यसैगरी वरिष्ठ उपाध्यक्ष नवीन गिरी विजयी भएका छन् । यस्तै,उपाध्यक्षमा नरेश खनाल र कृष्ण बहादुर पुन, महिला उपाध्यक्षमा सबिता भण्डारी, युवा उपाध्यक्षमा रोहित गौतम, महासचिवमा रोशन गिरी, सचिवमा कुलचन्द्र गौतम, रामु भण्डारी र कोषाध्यक्षमा मनोज उपाध्याय निर्वाचित भएका छन्।

त्यस्तै रोशन आचार्य युवा संयोजक र बबिता अधिकारी महिला संयोजकमा निर्वाचित भएका छन् । सहकोषाध्यक्ष भने यसअघि नै बिजय परियार निर्विरोध चुनिएका थिए।

कार्यसमित सदस्यमा ओमलाल पाण्डे, ईशु थापा, जनक श्रेष्ठ, बिकेश घिमिरे, सुनिल राणामगर र रञ्जित गिरी निर्वाचित भएका छन्।

कुल ७५८ जना पञ्जिकृत सदस्यमध्ये ६६९ जनाले मात्र मतदान गरेका थिए।