एनआरएनए स्पेनको नेतृत्व डुम्रेको पोल्टामा

एनआरएनए स्पेनको नेतृत्व डुम्रेको पोल्टामा

बार्सिलोना। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी भएका छन् । उनले अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतले पछाडी पार्दै नेतृत्व आफ्नो पोेल्टामा पारेका हुन्।

डुम्रेले १ हजार १८ मत प्राप्त गरेका थिए भने राईले ८६३ मत पाए।

२ हजार १९ पंजीकृत सदस्य संख्या रहेको स्पेन एनसीसीमा १ हजार ९०४ मत खसेको थियो । निर्वाचन सोमबार अनलाइनमार्फत भएको थियो।

यस्तै खुल्ला उपाध्यक्षमा सोनु रावत विजयी भएका छन् । उनले १ हजार ४६ भोट पाएका थिए । यसैगरी कृष्णराम रानाभाट ९६६ मत ल्याउँदै उपाध्यक्षमा विजयी भए । १ हजार १५४ भोट प्राप्त गर्दै सृजना लामिछाने महिला उपाध्यक्षमा विजयी भइन्।

महासचिवमा बिदुर गौतम विजयी भए । उनको पक्षमा १ हजार १४ मत खसेको थियो । यस्तै सचिव (खुल्ला तर्फ) अरुण घिमिरे नारायण भट्टराई विजयी भएका छन्।

यसैगरी कोषाध्यक्षमा सन्त बहादुर क्षेत्रीले ९३३ मत ल्याउँदै विजयी भए । यस्तै मनुश जंग खड्काले ९७३ मत प्राप्त गरेर युवा संयोजकको जिम्मेवारी पाएका छन्।

आइसीसी सदस्यमा दिनेश कुमार गिरी र प्रकाश तिमिल्सिना विजयी भएका छन् । अन्य केही पदमा भने यसअघि नै निर्विरोध चयन भएका थिए।