एनआरएनए इटालीमा निर्विरोध कार्यसमिति, अध्यक्षमा कंडेल

एनआरएनए इटालीमा निर्विरोध कार्यसमिति, अध्यक्षमा कंडेल

रोम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) इटालीमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

छविलाल कंडेल नेतृत्वमा निर्विरोध आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । कंडेल वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा थिए ।

समितिका अनुसार कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेपछि निर्विरोध कार्यसमिति चयन भएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा भुवन नियोग लिम्बू, महासचिवमा भवेश कुमार सिंह, सचिवमा अशोक उप्रेती र कोषाध्यक्षमा दिर्घा माया मगर निर्वाचित भएका छन्।

यस्तै युवा संयोजकमा श्याम खरेल र महिला संयोजकमा बिना मगराती चयन भएका छन् । कार्यसमितिमा भने सिरज कार्कीको मात्रै उम्मेदावारी परेको छ । ७ सदस्य आवश्यक रहेकोमा बाँकी ६ सदस्यको पद रिक्त रहेको निर्वाचन समिति संयोजक मनोज कुमार कार्कीले जानकारी दिए।

यस्तै आइसीसी सदस्यमा राजन चापागाँई निर्वाचित भएका छन्।

संघको अधिवेशन २५ जुलाइमा हुँदैछ । अधिवेशनपछि मात्रै नयाँ कार्यसमितिले कार्यभार सम्हाल्ने बताइएको छ।